उपत्यकाका प्रहरी कार्यालयमा अधिकृत र जवानको एउटै मेस

काठमाडौं, २९ पुस । उपत्यकाका सबै प्रहरी कार्यालयमा अधिकृत र प्रहरी जवानको एकै मेस हुने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले सबै एकाइ कार्यालय प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले भने त्यो व्यवस्था लागु गरिसकेको छ ।

यसअघि प्रहरी अधिकृत र तल्लो तहका प्रहरीका लागि छुट्टाछुट्टै मेस सञ्चालन हुँदै थियो । आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलका अनुसार उपत्यकाका सबै प्रहरी एकाइलाई १० दिनभित्र सुविधा सम्पन्न साझा मेस तयार गर्न निर्देशन दिइएको छ ।

‘‘अधिकृत र जवानले सँगै खाना खाँदा आत्मीयता र सामूहिक भावनाको विकास हुन्छ,’’ उनले भने, ‘‘उनीहरूको आत्मबल पनि बढ्छ । म आफैं पनि साझा मेसमा खान थालेको छु ।’’ उत्कृष्ट मेस तयार गर्ने १० युनिटलाई पुरस्कृत गर्ने पनि उनले बताए । यसअघि पोखरेलले सातामा एक दिन जवानकै ब्यारेकमा अधिकृत सुत्नुपर्ने व्यवस्था मिलाएका थिए ।

Loading...