काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

काठमाडौं, २९ पुस । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ । राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ ।

गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एनसेल लक्षित आक्रमण हुँदै आएको छ ।

Loading...