सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक पक्राउ

काठमाडौं, २९ पुस । गत वर्ष काठमाडौंको एक सार्वजनिक बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाले ती युवकलाई पक्राउ गरेको अपराध महाशाखा स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका युवा परिचय नाम सार्वजनिक गरिएको छैन । सार्की थरका रहेको स्रोतले जानकारी दियो । लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ । युवकलाई मंगलबार ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

युवकले बसमा हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा बीर्य पतन गरिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोलाई लिएर सर्वसाधरणले आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

Loading...