काठमाडाैं । जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए। ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन […]
स्वास्थ्य
काठमाडौं उपत्यकामा ४८१, देशभर अहिलेसम्मकै बढी १०६९ नयाँ संक्रमित थपिए
काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा […]
कोरोनाबाट चितवनमा हेटौँडाका संक्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ। कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको […]
कोरोनासँगै दार्चुलामा देखापर्यो स्क्रब टाइफस
दार्चुला । दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो। महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको अस्पतालका चिकित्सक गजेन्द्र दुवालले जानकारी दिए। उनीहरुमध्ये एक जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ। एकजनालाई जिल्ला अस्पतालमा […]
चिकित्सकमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल
दाङ । चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ। दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हो। अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए। ‘शनिबार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको […]
एकैदिन चितवनमा १०२ जनामा सङ्क्रमण, २ को मृत्यु
चितवन । एकै दिन शनिबार चितवनका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्। धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन्। त्यसैगरी भरतपुर अस्पताल […]
आज एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, कूल मृत्यु हुने दुई सय नाघे
काठमाडौं, १३ भदौ । कोरोना संक्रमणबाट शनिवार एकैदिन १२ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएकाे हाे । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । प्रवक्ता गाैतमले मृत्यु […]
नविल बैंकका सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु
पाेखरा, १३ भदौ । नविल बैंकमा कार्यरत एक सुरक्षागार्डकाे काेराेना संक्रमणाबाट मृत्यु भएकाे छ । पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको हाे । शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो। उनी पोखरा महानगरपालिकास्थित […]
काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित
काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]
विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे
काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]











