पीसीआर टेस्ट घट्यो तर फेरि थपिए एकै दिन ११५४ संक्रमित

काठमाडौं, ५ असोज। पीसीआर परीक्षण घटे पनि नेपालमा काेराेनाकाे संक्रमण भने घटेकाे छैन । साेमवार मात्र नेपालमा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमण काठमाडाै उपत्यकामा नै देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा साेमवार ६७४ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमात्र ५३८ जना रहेका छन । त्यसैगरी भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

त्यसैगरी मन्त्रालयले मोरङमा १०७ जना, सप्तरीमा ४७, कैलालीमा ३७, रौतहटमा २९, सुर्खेतमा २८, नवलपरासीमा २४, कास्की र रुपन्देहीमा १८/१८ जना, बझाङमा १६, महोत्तरीमा १४, सुनसरीमा ११, काभ्रे र बाँकेमा १०/१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।

त्यसैगरी सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको छ

मन्त्रालयले पछिल्लाे २४ घन्टामा देशभरका प्रयोगशालामा ९५३३ नमूना परीक्षण गरिएकाे जनाएकाे छ । यससँगै कुल संक्रमितको संख्या ६५२७६ पुगेको छ । संक्रमित मध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७२३८ जना संक्रमणमुक्त भएका छन् ।

Loading...