सोमवार ११७० जना संक्रमित भेटिए, उपत्यकामा ५१२

काठमाडौं, २९ भदौ । साेमवार नेपालमा एकैदिन ११७० जनामा काेराेना भाइरसका संक्रमित फेला परेका छन् । यसअघि झै सबैभन्दा बढी संक्रमित ५१२ जना उपत्यकामा थपिएका छन् ।  उपत्यकामा पनि सबैभन्दा बढी काठमाडाैं जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका […]

कोरोनाले केन्द्रीय कारागारका ५ कैदीबन्दीको मृत्यु, जेलमा रहेका २३१ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ। कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ। भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। बास्कोटाले मृतक सबैमा अन्य दिर्घरोग रहेको बताए। ‘कसैमा […]

पछिल्लो २४ घन्टामा थपिए १४५४ नयाँ संक्रमित

काठमाडौँ, २६ भदाै । पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यसअघि झै सबैभन्दा बढी काेराेना संक्रमित काठमाडाै जिल्लामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाै जिल्लामा अहिलेसम्मकै बढी ६२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । काठमाडाै उपत्यकामा ६९६ जना संक्रमित शुक्रबार फेला परेका छन् […]

काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित थपिए, उपत्यकामा ५७२ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, २५ भदाै । उपत्यकाका बिहीबार एकै दिन ५७२ जना नयाँ काेराेना भाइरसका संक्रमित भेटिएका छन् । याे अहिलेसम्मकै धेरै संख्या हाे । यसअघि संक्रमितकाे संख्या कहिले पनि पाँच सय पुगेकाे थिएन । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं […]

२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ […]

देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

२४ घन्टामा थपिए ९८० नयाँ संक्रमित

काठमाडौं, २१ भदौ । आइतबार नेपालमा ९८० जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०३८२ नमूना परीक्षण गर्दा ९८० पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे ।  मन्त्रालयले त्यसमध्ये २९० महिला र ६९० पुरुष रहेकाे पनि जानकारी दिएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । […]

शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ

काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ । उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ […]

काठमाडौं उपत्यकामा ४४५, देशभर १२२८ कोरोनाका नयाँ संक्रमित भेटिए

१८ भदौ, काठमाडौं । बिहीबार १२२८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३४१३ नमूना परीक्षण गरिएकाेमा १२२८ नयाँ संक्रमित बिहीबार थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमित काठमाडाैं उपत्यकामा देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा बिहीबार ४४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र […]

चितवनमा संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

चितवन । जिल्लामा कोरोना सङ्क्रमण वढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७ सय ९६ मध्ये १ सय ९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन्। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीको रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीमा चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता, अस्पताल प्रशासन […]