देशभर २२२५ जना कोरोना संक्रमित भेटिँदा उपत्यकामा १११० जनामा संक्रमण पुष्टि

काठमाडौं, ८ कार्तिक । पछिल्लो २४ घन्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३,८४६ जनाको नमूना परीक्षण गर्दा २२२५ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले शनिवार भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको जनाएको छ । शनिवार उपत्यकामा १११० जना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा ८३२ जना संक्रमित पुष्टि भएको छ भने ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२र२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९र१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३र१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १० जनामा संक्रमण देखिएको छ ।

पर्वत र डोटीमा ९र९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८–८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७–७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५–५ जना, काभ्रे, प्युठान र बैतडीमा ४–४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३–३ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २–२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

Loading...