जनार्दन शर्मासहित परिवारका तीन जनालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ।

नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।

नेता शर्माकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । साथै शर्माका भाई तथा नेकपाका नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण भएको छ । उनले आफूसहित दाजु र भाउजुलाई समेत कोरोना संक्रमण भएको कुरा फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरेका छन् ।

Loading...