एकैदिन अहिलेसम्मकै धेरै ५७४३ जना कोरोना संक्रमित भेटिए, आधाभन्दा बढी काठमाडौंमा

काठमाडौं, ५ कार्तिक । नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा २०७४२ नमूना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुष गरी ५७४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएको पनि जनाएको छ । काठमाडौं उपत्यकामा एकैदिन ३१०७ संक्रमित भेटिएका हुन् । त्यसमध्ये काठमाडौं जिल्लामा २३९१ जना, ललितपुरमा ५४३ र भक्तपुरका १७३ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी मोरङमा ३६५ जना, रुपन्देहीमा २४१, कास्कीमा १७५, सुनसरीमा १६०, चितवनमा १४७, झापामा १२०, सुर्खेतमा ११८, बाँकेमा १०९, दाङमा १०८, धादिङमा ९८, मकवानपुरमा ८५, सिन्धुपाल्चोकमा ५६, दार्चुलामा ५३, काभ्रेमा ५०, डोटीमा ४३, नवलपुरमा ४०, कैलालीमा ३७, कपिलवस्तुमा ३४, तनहुँ र पर्वतमा ३२र३२ जना, धनुषामा ३०, गोरखा, बाग्लुङ र सल्यानमा २९र२९ जना, दैलेखमा २६ र बझाङमा २५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै सिराहामा २२ जना, बर्दियामा २१, नुवाकोट, नवलपरासी र पाल्पामा २०र२० जना, दोलखामा १८, सप्तरी र प्युठानमा १७र१७ जना, कालीकोटमा १६, इलाम, बारा, रौतहट र स्याङ्जामा १४र१४ जना, पर्सामा १३, कञ्चनपुरमा १२, सर्लाहीमा ११, जुम्लामा १०, गुल्मीमा ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीमा ६र६ जना, सिन्धुलीमा ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुरामा ४र४ जना, पाँचथर र हुम्लामा ३र३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीमा २र२ तथा खोटाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या १,३९,१२९ पुगेको छ । संक्रमित मध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९,६०५ जना संक्रमणमुक्त भई घर फर्केका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको जनाएको छ । हाल देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।

Loading...