राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

बिहीबार देशभर ५२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ थियो ।

प्रवक्ता गाैतमले सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेकाे जानकारी दिएका छन् । उनले पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

Loading...