तातोपानी नाका दशैँ पछि बात खुल्ने

काठमाडौं ।  तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने तातोपानी भन्सार कार्यालयले बताएको छ ।स्थानीयस्तरमा भएको अनौपचारिक छलफल पछि चिनियाँ पक्ष नाका खुलाउन सहमत भएको छ। आवश्यक तयारी गर्दा दशैंपछिमात्र नाका खुल्ने भएको हो । तीन महिना बन्द भएर गएको असोज १९ गते नाका खुलेर सामान ‘लोड’ गर्न चीनमा गएका सातजना नेपाली कामदारलाई कोरोना संक्रमण भएपछि सञ्चालनको दिनमै नाका बन्द भएको थियो । नाका सञ्चालनमा आएपछि चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ ।
नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने र त्यहाँबाट नेपालीले सामान लोड गरेर ल्याउने बताइएको छ । एक दिनमा सातओटासम्म कन्टेनर नेपाल ल्याइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

 

Loading...