भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र प्रसूति विभाग प्रमुखलाई कोरोना संक्रमण

चितवन । चितवनकाे भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेललाइ काेराेना संक्रमण भएकाे हाे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजमार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीसहित अस्पतालका तीन डाक्टर र एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

अध्यक्ष अधिकारीले मेसु डा. तिवारीसहित अस्पतालका प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल, आकस्मिक कक्षका चिकित्सक र अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। संक्रमितहरु कसैमा पनि लक्षण भने नदेखिएकाे उनले जानकारी दिए । साथै उनले अस्पतालका सेवाहरु सूचारु नै राखिएकाे पनि जानकारी दिएका छन् । संक्रमित भेटिएपछि अाकस्मिक कक्षका सबैकाे स्वाव संकलन गरिएकाे र उनीहरु सबैकाे रिपाेर्ट समेत अाइसकेकाे उनले बताए । 

अध्यक्ष डा. अधिकारीले सिलका बारेमा सामान्य नागरिकमा केही भ्रम रहेकाे भन्दै सिल भनेकाे संक्रमित जुन ठाउँमा भेटिएकाे हाे उनीहरुलाइ त्यही राख्ने र त्याे ठाउँमा अावत जावत मात्र बन्द गर्ने मात्र रहेकाे बताए । उनले इमरजेन्सी वार्डमा अहिले डिसइन्फेक्सन गर्ने काम भइसकेकाे पनि बताए । 

Loading...