देशभर ३७९० संक्रमित भेटिदा, काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौं, ३ कार्तिक । सोमवार नेपालमा थप ३७९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा १५७१४ नमूना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुष गरी ३७९० जना संक्रमित भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमणको दर अझै बढिरहेको जनाएको छ । सोमवार काठमाडौं उपत्यकाका २३८८ संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लाको संक्रमण अझै उच्च छ । सोमवार काठमाडौंमा मात्रै २००८ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा २८२ र भक्तपुरका ९९ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी मोरङमा २८६ जना, सुनसरीमा ११८, मकवानपुरमा ९६, बर्दियामा ९२, चितवनमा ९०, काभ्रेमा ८०, कास्कीमा ३९, सप्तरीमा ३८, नवलपरासीमा ३६, बारामा ३४, प्युठानमा ३३, कैलालीमा २९, नुवाकोट र दैलेखमा २५ २५ जना, सर्लाही र तनहुँमा २२र२२ जना, धादिङ र बाँकेमा २१र२१ जना, उदयपुरमा १८, स्याङ्जामा १७, कञ्चनपुरमा १३, धनुषा, सिन्धुपाल्चोक र गोरखामा १२ र१२ जना तथा महोत्तरी र कपिलवस्तुमा ११र११ जना संक्रमित थपिएका छन् ।

त्यस्तै नवलपुरमा १०, रौतहटमा ९, पर्सा र सिराहामा ८र८ जना, रामेछाप, बाग्लुङ, पाल्पा र रुकुम पश्चिममा ७र७ जना, संखुवासभामा ५, इलाम, दोलखा, सिन्धुली, पर्वत, लमजुङ, जाजरकोट र बझाङमा ४र४ जना, ओखलढुंगा, पाँचथर, गुल्मी, दाङ, जुम्ला, अछाम र दार्चुलामा ३र३ जना, भोजपुर, रसुवा, बर्दिया र, सल्यानमा २र२ जना तथा तेह्रथुम, म्याग्दी, कालीकोट, सुर्खेत, डडेलधुरा, डोटी र बैतडीमा १र१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा अहिलेसम्म कूल संक्रमितको संख्या १३६३६ पुगेको छ । संक्रमितमध्ये ७८७ जनाको मृत्यु भएको र ९४५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल देशभरमा ४०७७८ संक्रिय संक्रमित रहेको र उनीहरुमध्ये २६९२७ होम आइसोलेसनमा रहेको जनाएको छ । त्यस्तै २८२ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Loading...