काठमाडौंमा संक्रमण र मृत्यु दर बढ्यो, २४ घन्टामा उपत्यकामा मात्र ६७६ संक्रमित, ५ को मृत्यु

काठमाडौं, ३० भदौ । निषेधाज्ञा खुकुलाे भएलगत्तै काठमाडाैं उपत्यकामा काेराेना संक्रमण दर पनि ह्वात्तै बढेकाे छ। मंगलबार उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । त्यसैगरी संक्रमितकाे मृत्यु पनि बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै पछिल्लाे २४ घन्टामा उपत्यकामा मात्र ५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

मंगलबार भेटिएका संक्रमित मध्ये यसअघिझै काठमाडाै जिल्लाका धेरै छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यस्तै भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित भेटिका छन् ।

मृत्यु हुनेहरुमा काठमाडौंकी ८६ वर्षीया महिला, ३४, ५५, ६६ र ९६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

Loading...