बिहीबार थपिए १२४६ कोरोनाका नयाँ संक्रमित

काठमाडौं, २५ भदौ । नेपालमा एकैदिन १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार सबैभन्दा बढी काठमाडाैं उपत्यकामा काेराेनाका संक्रमित भेटिएका छन् । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं जिल्लामा संक्रमणले विकराल रुप लिएकाे स्पष्ट हुन्छ । त्यसैगरी उपत्यकाका अरु दुइ जिल्लामा पनि यसअघि देखिएकाे जतिकै संख्यामा काेराेना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ललितपुरमा ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

नयाँ थपिएका संक्रमित मध्ये बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जना छन् ।

नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । त्यसमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

Loading...