रातो मच्छेन्द्रनाथ रथ जात्राकाे क्रममा पक्राउ परेका सबै सस्कृतिक अभियन्ता रिहा

भाद्र२५ , काठमाडौं ।   रातो मच्छेन्द्रनाथ रथ जात्राकाे क्रममा गतसाता पक्राउ परेका सस्कृति / सम्पदा अभियान्ता सबै अभियन्ताहरु रिहा भएका छन् ।

विहिवार साँझ रिहा  यादवलाल कायस्थ, असोज कुमार महर्जन, नरेश शाक्य, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला रिहा भएका हुन् ।

गत १८ गते विहिवार पुल्चोकमा रथ तान्ने क्रममा भएकाे झडपपछि प्रहरीले अभियन्ताहरुलाई घर घरवाट समेत पक्राउ गरेकाे थियाे ।

यस अघि निरज वादे, श्याम था लगायतका अभियान्ताहरु रिहा भईसकेका छन् ।

संघीय सांसद पम्फा भुसाल, प्रदेश सांसद राजकाजी महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, नेकपाका नेता देवेन्द्र श्रेष्ठ लगायत विभिन्न जातीय ,सम्पदा अभियन्ताको दबाब पछि प्रशासनले आज उनीहरुलाइ रिहा गरेकाे हाे ।

बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको बैठकपछि प्रजिअ नारायणप्रसाद भट्ट पक्राउ परेका अभियन्ताहरुको रिहाईको लागि राजी भएपछि अभियन्ताहरु रिहा भएका हुन् । 

 

Loading...