काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित थपिए, उपत्यकामा ५७२ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, २५ भदाै । उपत्यकाका बिहीबार एकै दिन ५७२ जना नयाँ काेराेना भाइरसका संक्रमित भेटिएका छन् । याे अहिलेसम्मकै धेरै संख्या हाे । यसअघि संक्रमितकाे संख्या कहिले पनि पाँच सय पुगेकाे थिएन ।

बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं जिल्लामा संक्रमणले विकराल रुप लिएकाे स्पष्ट हुन्छ । त्यसैगरी उपत्यकाका अरु दुइ जिल्लामा पनि यसअघि देखिएकाे जतिकै संख्यामा काेराेना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ललितपुरमा ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

Loading...