पछिल्लो २४ घन्टामा थपिए १४५४ नयाँ संक्रमित

काठमाडौँ, २६ भदाै । पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यसअघि झै सबैभन्दा बढी काेराेना संक्रमित काठमाडाै जिल्लामा भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाै जिल्लामा अहिलेसम्मकै बढी ६२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । काठमाडाै उपत्यकामा ६९६ जना संक्रमित शुक्रबार फेला परेका छन् । त्यसमध्ये ललितपुरमा ३८ जना छन भने भक्तपुरमा पनि ३८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुरका ३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४/१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ। क्वारेन्टिनमा ६ हजार ७८ जना छन्।

Loading...