थिमीमा ह्दयविदारक घटना, औषधी फ्याक्ट्रीमा जागिरे श्रीमान, श्रीमती र छोरा एकै साथ मृत फेला

भक्तपुर । भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा शव फेला परेको हो ।

मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनीहरु संगै रहेको घरपालुवा कुकुर पनि मृत अवस्थामा फेला परेको छ ।

मध्यपुर थिमि ९ का वडासदस्य चन्द्रप्रकाश धौबन्जारले घटना ह्द्यबिदारक रहेको बताए । घरमा प्रवेश गर्ना साथ् पहिले कुकुर मृत पाइएको र त्यसपछि आमा छोराको शव फेला परेको र माथि कौसीमा घरमुली अधिकारीको शव फेला परेको उनको भनाइ छ । वडासदस्य धौबन्जारका अनुसार घरमुली अधिकारी जनागालस्थित एक औषधी फ्याक्ट्रीमा कार्यरत जागिरे हुन् ।

अधिकारीका एक आफन्त उनको घरमा पुग्दा ढोका बन्द रहेपछि घटना बाहिरिएको हो । वडासदस्य धौबन्जारले भक्तपुर पोस्टसंग उनीहरुको केहि दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका गरे । ”शव बाट गन्ध पनि आएकाले केहि दिन अघि नै मृत्यु भएको हुनसक्छ ।” उनले भने । घटना पछि स्थानीय आतंकित बनेकाले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक हुनुपर्ने उनको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख समेत रहेका डिएसपी ऋषिराम कंडेलका अनुसार घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाका प्रमुख रहेका एसएसपी दीपक थापाको नेतृत्वमा बिशेष अनुसन्धान टोली खटेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख रहेका एसएसपी दीपक थापा, महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापा र महानगरीय वृत्त थिमिका डिएसपी ऋषिराम कंडेल लगायतले अनुसन्धानलाई अघि बढाएको बताइए पनि हत्या वा आत्महत्या भन्नेबारे कुनै पनि संकेत गरेका छैनन् ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख समेत रहेका डिएसपी ऋषिराम कंडेलले शवलाइ पाेस्टमार्टमका लागि दुवाकाेटस्थित केएमसी अस्पताल पुर्याइएकाे जानकारी गराउदै रिपाेर्ट प्राप्त भएपछि अनुसन्धान सहज हुने बताए ।

Loading...