मंगलबार थपिए १४५९ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जना कोरोना भाइरसकाा संक्रमण थपिएका छन। यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६७८८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित राजधानीमा देखिएका छन् । राजधानीका तीन जिल्लामा गरेर ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा ठूलाे संख्यामा संक्रमित छन् । मन्त्रालयका अनुसार काठमाडाै जिल्लामा ५५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी सिराहाका १६२ जना, मोरङका १११, मकवानपुरका ८७, चितवनका ३७, बाँकेका २७, रौतहट र दाङका २६/२६ जना, सप्तरीका २४, सुर्खेतका २३, नवलपुरका २१, सुनसरीका १७, पाल्पाका १६, स्याङ्जाका १४, कैलाली र डोटीका ११/११ जना तथा महोत्तरी र तनहुँ ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, कञ्चनपुर र बैतडीका ८/८ जना, कास्कीका ७ जना, झापा र धनुषाका ६/६ जना, दोलखा र गोरखाका ५/५ जना, सर्लाही, धादिङ र लमजुङका ४/४ जना, बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी र दार्चुलाका ३/३ जना, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दियाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १०६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १०३७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। ७ हजार २ सय ५० जना क्वारेन्टिनमा छन्।

 

Loading...