ओलि सरकारलाई लाटोबुंगो कथा संग तुलना गर्दै डा बाबुराम भटराईको ट्वीट

भाद्र ३० काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बामदेब गौतमलाई राष्ट्रीयसभामा लाने तर कुलामान घिसिङलाई बिधुत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णय प्रती बिरोध जनाएका छन ।
सोमबार मन्त्रि परिषदको बैठकले नेपाल बिद्युत प्राधिकरणको कार्येकारी निर्देशनका रुपमा रुपमा राम्रो काम गरेका कुलमान घिसिङ्गको नियुक्तिमा कुनै चासो नदिइ चुनावमा पराजित नेकपा उपाध्यक्ष गौतमलाइ राष्ट्रिय सभामा पठाउने गरेको निर्णयको चौतर्फी बिरोध भैरहेको बेला डा भट्टराईले आफ्नो ट्वीट मार्फत कताक्ष गरेको हो।
ट्विटरमा प्रतिक्रीया दिदै उनले ओलि सरकारलाई लाटोबुंगो कथा संग तुलना गर्दै भनेका छन ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो!ओली सरकार त्यसैको अवतार जस्तो छ।आम नागरिकमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ’

Loading...