जापानमा सुगा नया प्रधानमन्त्री हुने निश्चित

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा बिजय भएसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा योसुहिदे सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिखमा हुने छ ।

जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त गरी  पार्टीको नेता बन्न सफल भएका हुन । दुबै प्रतिनिधिमण्डलको साधारणसभामा डाएटका सदस्यहरू र प्रिफेक्चरल फेडरेशनका प्रतिनिधिहरूले मतदान गरेका थिए । 
सुगाले ३७७ मत प्राप्त गर्दा प्रतिस्पर्धामा उत्रेका किशिदा वोतेस ८७ र इशिबाशीले ६८ मत प्राप्त गरेका थिए । उनलाई पार्टीको लिडरको भने १५ गते अधिकारीक रुपमा घोषणा गरिने छ भने १६ गते तल्लो र उपल्लो सदनको मुख्य बैठकमा प्रधानमन्त्रीको चुनाव हुने छ । त्यहाँबाट उनी प्रधानमन्त्री बन्ने छन । 
सिन्जो आबेको बाँकी कार्यकाल सम्हाल्न लागेका उनी अर्को बर्ष प्रधानमन्त्री बन्न नसकेमा जापानको ईतिहासमा सबै भन्दा थोरै समय प्रधानमन्त्री बन्ने रेकर्ड सुगाको नाममा रहने छ । स्मरण रहोस् सिन्जो आबे जापानको ईतिहासमा सबै भन्दा लामो समय सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री हुन । 
बिभिन्न सर्बेक्षणहरुले भाबी प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा देखाइरहेका बेला उपभोग्य कर बढाउनु पर्छ भन्ने बारे सोचिरहेको अभिब्यक्ती दिएर सुगा विवादमा तानिएका थिए । एक टेलिभिजन कार्यक्रममा उनले घट्दो जन्मदर  भएकाले कर बढाउन पर्ने अवस्था रहेको बताएका थिए ।
अघिल्लो पटक कर बढाउदा १० बर्ष कर बढाउन नपर्ने भनी आबे सरकारले गरेको कबुल विपरित सुगाले कर बढाउने तर्क गरेको भन्दै आलोचना भएपछि आफ्नै बोली फिर्ता लिनु परेको थियो । 

Loading...