सोमवार ११७० जना संक्रमित भेटिए, उपत्यकामा ५१२

काठमाडौं, २९ भदौ । साेमवार नेपालमा एकैदिन ११७० जनामा काेराेना भाइरसका संक्रमित फेला परेका छन् । यसअघि झै सबैभन्दा बढी संक्रमित ५१२ जना उपत्यकामा थपिएका छन् । 

उपत्यकामा पनि सबैभन्दा बढी काठमाडाैं जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार रुपन्देहीका ८१ जना, कैलालीका ७०, कास्कीका ५४, सुनसरीका ४६, दाङका ४५, सुर्खेतका ३९, सिराहाका ३४, मोरङका ३२, चितवनका ३१, बाँकेका २४, ओखलढुंगाका १९, काभ्रेका १८, तनहुँका १७, मकवानपुरका १४, बाराका १२, गोरखाका १० र पर्साका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, झापा, नवलपरासी, पाल्पा र दैलेखका ७/७ जना, अछामका ५ जना, धनुषा र कपिलवस्तुका ६/६ जना, लमजुङका ४ जना, नुवाकोट, कञ्चनपुर र बझाङका ३/३ जना, उदपयुर, भोजपुर, सप्तरी, सर्लाही, नवलपुर, बाग्लुङ, स्याङ्जा, गुल्मी, रोल्पा, जाजरकोट र सल्यानका २/२ जना र महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, अर्घाखाँची, कालीकोट र डडेलधुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामात्रै ८७९ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले देशभरको प्रयोगशालामा १०८७८ नमूना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको जनाएकाे छ । 

Loading...