ललितपुर- वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा सरकारले लकडाउनसम्बन्धी नयाँ अवधारणा ‘स्मार्ट लकडाउन’को पहिलो दिनमा ललितपुरका ब्यवसायीहरुको संगठन ललितपुर च्याम्बर अफ कमर्सका प्रतिनिधिहरुले अल्पकालिन र दिर्घकालिन ब्यवस्थाका सुझाव सहितको ज्ञापनपत्र बुझाएका छन । ललितपुर जिल्ला प्रशासन कार्यालयमार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई सम्बोधित ज्ञापनपत्रलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने आश्वासनसहित प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद […]
राजनीति
नवनियुक्त २० मन्त्रीलाई काम गर्न रोक, मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश जारी
काठमाडौं। प्रतिनिधि सभा विघटन पछि नया नियुक्ति पाएका २० मन्त्रीलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले आज सो आदेश गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा२०७८ साल जेठ २१ र २७ मा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल […]
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा
काठमाडौं, ७ असार। नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजीहरुको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गरेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ। उनी प्रदेश नं २ को प्रहरी प्रमुख थिए। सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालय सरुवा गरिएको छ। […]
बाढीग्रस्त नगर तथा गाउपालिकालाइ काठमाडौँ महानगरपालिकाबाट ३ करोड आर्थिक सहयोग हस्तान्तरण
मेचलम्ची । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी […]
काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलवार बाट सेवा सुचारु गर्ने
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले मंगलबारदेखि नियमित सेवा सुचारु गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम देखाउँदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकोमा संक्रमितको संख्या कम देखिन थालिएपछि पुन्ह सेवा सुचारु गरिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै सेवाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गरिने जानकारी दिएको छ । यसै गरि जिल्ला प्रशासन कार्यालय […]
महन्थ पक्षलाई १५ दिनभित्र आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न निर्वाचन आयोगको सूचना
काठमाडौं। जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले आफ्नो आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न १५ दिनको सूचना जारी गरेको छ। आयोगले उक्त निवेदनमाथि निर्णय गर्दै प्रमाणसहित लिखित जवाफ पेश गर्न १५ दिनको अविधि दिइएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम गत असार ४ गते […]
कर्णालीका ४ सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले दियो पुनरावलोकन निवेदन
काठमाडौँ । कर्णाली प्रदेशका ४ सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले पुनरावलोकन निवेदन दर्ता गराएको छ। आइतबार सर्वोच्चमा पुनरावलोकनका लागि दर्ता भएको सो निवेदनको सुनुवाई मंगलबार तोकिएको छ । एमालेका प्रदेश सभा सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापाले कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई जोगाउन वैशाख […]
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेसका १४ जनप्रतिनिधिले नगरपरिषद् बहिष्कार पछि रोकिएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको थियो। आजको […]
उपमेयरसहित कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कारपछि नगरसभा दुई दिनका लागि स्थगन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित कांग्रेसका जनप्रतिनिधि महानगरपालिकाको नगरपरिषद् बहिष्कार पछि रोकिएको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । तर, उपमेयर खड्गी सहित १४ काँग्रेसबात निर्वाचित जनप्रतिनिधिले […]
जसपा यादव समूह द्वारा पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीभित्रको विवाद निरूपण गरी आधिकारिकता प्रदान गर्नका लागि आज पार्टी अध्क्षय उपेन्द्र यादव बरिस्ठ नेताहरु डा बाबुराम भटराई, अशोक राइ, राजेन्द्र श्रेष्ठ लगाएत निर्वाचन आयोगमा ३० जना कार्यकारिणी समितिको हस्ताक्षरसहित […]










