नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

काठमाडौं, ७ असार। नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजीहरुको सरुवा भएको छ।

गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गरेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ। उनी प्रदेश नं २ को प्रहरी प्रमुख थिए।

सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालय सरुवा गरिएको छ। यस्तै डीआईजीहरु गणेशबहादुर ऐर कर्णाली, पुरुषोत्तम कंडेल सुदुरपश्चिम, बसन्तकुमार पन्त अख्तियार, घनश्याम अर्याल विशेष ब्युरो, उत्तमराज सुवेदी रानीपोखरी, रविन्द्र धानुक कार्य एवं अपराध अनुसन्धान विभाग, बसन्तकुमार लामा महानिरीक्षकको सचिवालय, प्रकाश अधिकारी मानवश्रोत एवं प्रशासन विभाग, ईश्वरबाबु कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन्।

Loading...