महन्थ पक्षलाई १५ दिनभित्र आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न निर्वाचन आयोगको सूचना

काठमाडौं। जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले आफ्नो आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न १५ दिनको सूचना जारी गरेको छ।
आयोगले उक्त निवेदनमाथि निर्णय गर्दै प्रमाणसहित लिखित जवाफ पेश गर्न १५ दिनको अविधि दिइएको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम गत असार ४ गते जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गरिपाउँ भन्दै आयोगमा निवेदन दर्ता गराएको थियो।
यसैगरि जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादव पक्षले पनि गएको शुक्रवार नै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीभित्रको विवाद निरूपण गरी आधिकारिकता प्रदान गर्नका लागि आयोगमा निवेदन दर्ता गराएको थियो।

Loading...