काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलवार बाट सेवा सुचारु गर्ने

 

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले मंगलबारदेखि नियमित सेवा सुचारु गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम देखाउँदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकोमा संक्रमितको संख्या कम देखिन थालिएपछि पुन्ह सेवा सुचारु गरिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै सेवाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गरिने जानकारी दिएको छ । यसै गरि जिल्ला प्रशासन कार्यालय ललितपुरले नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण आदि लगायतका सेवा बार अनुसार सञ्चालन हुने जनाएको छ ।

Loading...