जसपा यादव समूह द्वारा पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीभित्रको विवाद निरूपण गरी आधिकारिकता प्रदान गर्नका लागि आज पार्टी अध्क्षय उपेन्द्र यादव बरिस्ठ नेताहरु डा बाबुराम भटराई, अशोक राइ, राजेन्द्र श्रेष्ठ लगाएत निर्वाचन आयोगमा ३० जना कार्यकारिणी समितिको हस्ताक्षरसहित दावी प्रस्तुत गरेको हो । आयोगले यस सम्बन्धमा यथासिध्र निर्णय दिने प्रतिवद्धता ब्यक्त गरेको छ ।

यस अघि कार्यकारिणी समिति बैठकले राजेन्द्र महतोको नेतृत्वमा मन्त्रीमण्डलमा सहभागी भएका महन्थ यादव पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाइ नेतालाई पार्टीबाट निष्कासन गरेको थियो ।
जसपाका दुवै पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासन गरेपछि निर्वाचन आयोगले भने दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई वैधता दिएको छैन्। आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको थियो।

 

Loading...