उपमेयर र कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरे पछि काठमाडौँ महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगन

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित१४ कांग्रेसका जनप्रतिनिधि महानगरपालिकाको नगरपरिषद् बहिष्कार पछि रोकिएको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।
असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । तर, उपमेयर खड्गी सहित १४ काँग्रेसबात निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित गर्ने नियेमलाइ मेयर शाक्यले एकलौटी ढंगबाट कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका थिए। उपमेयर खड्गीले शुक्रबार बिहान ९ बजे १४ जनप्रतिनिधिलाइ छलफल गर्न बोलाएपनि निचोडमा नपुगेको बताउनु भयो। मेयर शाक्यले भने उपमेयर सहित अन्य जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेको र प्रमुख शाक्यले दुई दिनका लागि स्थगन गरेको जानकारी दिनुभयो ।
प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली काँग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको बताउनु भयो ।

नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको र नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको उपमेयर खड्गी सहित १४ कांग्रेस जनप्रतिनिधिको को आरोप छ ।

Loading...