काठमाडौं, पुस ४ । नेपाली कांग्रेसले खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई अगाडि बढाएको छ। आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने निर्वाचन समितिले जनाएको छ। अहिलेसम्म कसले कति […]
राजनीति
प्रदेश १ र बागमतीमा नेतृत्व छान्न माओवादी असफल, चुनाव गर्न प्रचण्डको निर्देशन
काठमाडौं, पुस ५ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आएपनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति […]
सिटौलासँग आशीर्वाद लिन पुगे विश्वप्रकाश
२०७८, पुस ५ । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका […]
नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको माधव नेपालको आरोप
पुष ४,काठमाडौँ । नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले आइतबार पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा एमाले अध्क्षय ओलीलेअदालतको फैसलालाइ लत्याएको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप […]
कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी शशांक कोइरालाको अग्रता, आजै नतिजा आउने
पुष ४, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अहिले पनि जारी छ । हिजोबाट सुरु भएको मतगणना अहिले पनि निरन्तर चलिरहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा १५८९ मत गन्दा डा. शशांक कोइरालाले अग्रता कायमै छ । कोइराला १३१३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । दोस्रो […]
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू
पुष ४,काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू भएको छ। केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा खुला तर्फका केन्द्रीय सदस्यको मतगणना शुरूको भएको छ। खुलातर्फका ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन्। पिछडिएको क्षेत्रतर्फ बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले २५७७ मत प्राप्त गरे […]
ज्ञानेन्द्रसँग प्रचण्डले पाँच बुँदे सहमति गरेको भनेर अध्यक्ष ओलीले झुटो कुरा गरेको हो। : शिक्षामन्त्री पौडेल
पुस २ भैरवा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रचण्डले पाँच बुँदे सहमति गरेको भनेर अध्यक्ष ओलीले झुटो कुरा गरेको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाइ समिति कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस, रुपन्देहीले शुक्रबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान एवं सांस्कृतिक कार्यक्रमलाई […]
महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटै राजिनामा दिए मिनेन्द्रले
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाटै राजिनामा दिएका छन् । डा. रिजाल डा. शेखर कोइराला प्यानलमा रहेर महामन्त्री पदमा उम्मेदवार भएका थिए । रक्षामन्त्री रहेका रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे अवगत भएको भन्दै विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै पार्टीमा आफ्नो अवस्था […]
गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित, कांग्रेस भित्रको बेथिति हटाउने गगन थापाको अठोट
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा. प्रकाशशरण […]
नेपालको व्यापार घाटा ५ खर्ब नाघ्यो
काठमाडौँ । नेपालको चालू आर्थिक वर्षको पहिलो चार महिनाको भुक्तानी सन्तुलन रु एक खर्ब ५० अर्ब ३८ करोड घाटा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालू आवमा घाटामा […]











