काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा प्रधानन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सहभागी थिए। यसैबीच महाधिवेशनको बन्दशत्र भने भोलि बिहान ११ बजेदेखि प्रज्ञा भवनमै शुरु हुने भएको छ । […]
राजनीति
एमसीसी राष्ट्रघाती छैन, छिट्टै पास हुन्छः प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए । ‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त […]
प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनबीच एकता
काठमाडौं । प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालबीच एकता भएको छ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा भएको एक औपचारिक समारोहमा दुई संगठनबीच एकता घोषणा भएको हो । एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी शक्तिहरु एकठाउँमा आउनुको विकल्प […]
कांग्रेस महाधिवेशनपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठकले गर्यो विभिन्न चार निर्णय
पुस १०, काठमाडौँ। नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि आज पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभिन्न चार निर्णय गरेको छ। राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी दिने, पार्टीलाई एकतावद्ध गराउने, १४ […]
एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् : अध्क्षय दाहाल
पुष १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख नेकपा एमालेले तेस्रो पटक संसद विघटन गराउन खोजेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग गरिएको छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनलाई निरन्तरता दिन एमालेले संसद अवरुद्ध गरिरहेको बताउनुभएको हो । अध्क्ष्य दाहालले भन्नु भयो ‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक […]
काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित
काठमाडौं, पुस ९ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् । काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो […]
निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा
काठमाडौं, पुस ९ । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा […]
एमाले अब माथि उठ्न सक्दैन : खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको उनले टिप्पणी गरे। उनले जनताले शक्तिशालि बनाएको […]
व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुग्यो
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ । भन्सार विभागद्वारा विहीबार जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा […]
कांग्रेसको प्रदेश २ मा आज नेतृत्व चयनको मतदान, देउवा र निधीका उम्मेदवारबिच सिधा टकराव
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी […]










