कांग्रेसको प्रदेश २ मा आज नेतृत्व चयनको मतदान, देउवा र निधीका उम्मेदवारबिच सिधा टकराव

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी दर्ता गराउनु भयो ।

रामसरोजलाई नेता शेखर कोइराला र विमलेन्द्र निधिको समर्थन रहेको छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ । उम्मेदवारको अन्तिम नामावली राति १० बजे प्रकाशन गरिएको छ । प्रदेशमा सभापति, उपसभापति, महामन्त्री तथा एक महिलासहित तीन सहमहामन्त्री पदमा निर्वाचन हुँदैछ

Loading...