प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमालेको अवरोधका बीच चार वटा अध्यादेश अघि बढाउने कार्यसूची

पुष ७,काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै पनि बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

आजको बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो । एमालेको चर्का नाराबाजी बीच बैठकले २ वटा अध्यादेश स्वीकृत गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो ।
ध्चष्तभ तय ःबलपबकब ःष्चmष्चभ
ब्ब

Loading...