एमाले अब माथि उठ्न सक्दैन : खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको उनले टिप्पणी गरे।

उनले जनताले शक्तिशालि बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अब पानीको फोका जस्तै भएको जिकिर गरे। खनालले गएको निर्वाचनमा जनतासंग गरेको प्रतिवद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सही बाटोमा हिँडाउन नसकेका कारण आफूहरुले नयाँ बाटो रोजेको बताए।

खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दावी गरे। उनले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको पुरा हुने धारणा राखे।

Loading...