कांग्रेस महाधिवेशनपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठकले गर्यो विभिन्न चार निर्णय

पुस १०, काठमाडौँ। नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि आज पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभिन्न चार निर्णय गरेको छ।
राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी दिने, पार्टीलाई एकतावद्ध गराउने, १४ औँ महाधिवेशनका सहयोगी र निर्वाचित पदाधिकारीलाई बधाई दिने निर्णय भएको महामन्त्री गगन थापाले बताउनु भयो ।

उहाको अनुसार राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवार खडा सम्बन्धनमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने। सँगै आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने, विवरण अध्यावधिक गर्ने सम्बन्धमा पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको छ ।

रुपान्तरणको मर्म अनुरुप महाधिवेशन सम्पन्न भएको निष्कर्ष निकाल्दै सो बैठकले १४ औं महाधिवेशनमा सहयोग पुर्‍याउने निर्वाचन समिति र सञ्चारमाध्यम सबैलाई धन्यवाद दिएको छ ।

Loading...