चौंथो उपत्यकाव्यापी करातेको उपाधी लुभु डोजोलाई

भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ […]

अरनिको राजमार्गमा बिभत्स दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै गयो ज्यान

आइतवार काभ्रेको पाँचखालस्थित अरनिको राजमार्गमा भएको दुर्घटना परि मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । पाँचखाल न.पा.६ चामुण्डा पेट्रोल पम्प स्थित अरनिको राजमार्ग सडक खण्डमा साँझ पौने ७ बजेको समयमा उक्त दुर्घटना भएको हो । ज्यान गुमाउनेमा पाँचखालबाट धुलिखेल तर्फ जादै गरेको बा ७२ प ९७६२ नं. को मोटरसाइकल चालक ५० वर्षीय स्थानीय नारायण तिमल्सिना […]

भारतमा रेल दुर्घटना हुँदा ६ को मृत्यु, १०० घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ को मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । उक्त रेल दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको थियो । […]

नेपालको कालापानीमा आध्यत्मिक भ्रमणमा पुगेका भारतीय प्रम मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्रमा भ्रमणमा पुगेका छन् । भारतीय प्रम मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहितका अन्य भारतीय नेताहरु पनि कालापानी क्षेत्रमा पुगेको बताइएको छ । स्रोतका अनुसार मोदी पिथौरागढ क्षेत्रका केही परियोजनाहरुको शिलान्यास गर्नका लागि उत्तराखण्ड आएको र सोही क्रममा उनी कालापानी क्षेत्रमा पर्ने आदि कैलाश र पार्वती कुण्डको दर्शन […]

बिपी हाइवेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको गयो ज्यान

दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।                                    […]

तेस्रो व्यक्तिमा प्रहरीको सर्वोच्च जिम्मेवारी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सुरक्षा र न्याय सम्बन्धी एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेपछि टेक प्रसाद राईले निमित्त पाएका […]

विदेशको अप्रिय घटनाबाट उत्पन्न सुरक्षा चुनौतीप्रति सतर्क रहन प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन

tek prasad rai AIGP

निमित्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक […]

मंगलवार राष्ट्रिय शोक घोषणा, एकै विषयमा मन्त्रिपरिषद्को ११ निर्णय

इजरायलमा शनिवार प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि नेपाल सरकारले मंगलवार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठक नेपालीको निधन, राहत र उद्धारमा केन्द्रीत रहेको थियो । बैठकले यसबारे ११ निर्णय गरेको छ । बैठकले गरेका निर्णय निम्नबमोजिम रहेका छन् […]

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इजरायल आक्रमणमा १० नेपालीको निधन

इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय श्रोतले १० नेपालीको ज्यान गएको पुष्टि गरेको हो । अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् भने एक जना […]