इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय श्रोतले १० नेपालीको ज्यान गएको पुष्टि गरेको हो ।
अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् भने एक जना सम्पर्कबिहिन बनेका छन् ।
हेर्नुस् विवरण
आइतवार इजरायलस्थित नेपाली राजदुत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लडाइमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ । उनले इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका छन् ।
स्थानीय सञ्चारमाध्यमले इजरायली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरायलका कैयौँ भागहरूमा लडाइँ जारी रहेको जनाएको छ। गाजाको सीमा नजिक लडाइँ केन्द्रित छ।
हालसम्म ३ सय बढी इजरयलीहरू मारिएका छन् र दर्जनौँ अपहरणमा परेका छन्। दक्षिणी इजरेल र गाजा क्षेत्रमा ४ सय भन्दा बढी प्यालेस्टिनी लडाकुहरू मारिएका र दर्जनौँलाई नियन्त्रणमा लिइएको आईडीएफका प्रवक्ता जनाएको टाइम्स अफ इजरयलले बताएको छ ।
स्थानीय सञ्चारमाध्यमले इजरायली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरायलका कैयौँ भागहरूमा लडाइँ जारी रहेको छ। गाजाको सीमा नजिक लडाइँ केन्द्रित रहेको छ।
युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ । इस्लामिक समूह हमासले शनिबार बिहान बाट तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गर्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उच्च रक्षा अधिकारीहरूसँग छलफल गरी सुरक्षा स्थितिको मूल्याङ्कन गरिरहेको बताइएको छ ।
उनले बदला लिने र हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिएका बिबिसीले जनाएको छ । उनले गाजाका बासिन्दाहरूलाई आफ्नो घर छोडेर शरण लिन भनेका छन्।
नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ।
इजरायली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको बिबिसीले बताएको छ ।
तस्वीर श्रोत : बीबीसी