जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Loading...