तेस्रो व्यक्तिमा प्रहरीको सर्वोच्च जिम्मेवारी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सुरक्षा र न्याय सम्बन्धी एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेपछि टेक प्रसाद राईले निमित्त पाएका थिए । उनै राइ पनि मंगलबार प्रहरी प्रमुखहरुको भेलामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछि थापाले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राप्त गरेकाप्रहरी प्रधान कार्यालयले जनाएको हो ।

भक्तपुरका थापा नेपाल प्रहरीको तेस्रो बरियतामा रहेका छन् ।

 

Loading...