बाग्लुङ्गकी महिला कोरोनाको छैटौं संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ । संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार क्युआर ६५२ नम्बरको उडान बाट कतारको दोहा हुँदै काठमाडौं आएका यात्रुमा कोरोना पोजेटिभ पाइएको हो । […]

दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा

सप्तरी । भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ । पछिल्लो पटक फेला परेका तीनै जना सप्तरी सदरमुकाम राजविराजकै निवासी हुन् । दिल्ली धार्मिक सभामा सहभागी भई आफ्नो […]

अब पेट्रोल ९६, डिजेल ८५ रुपैयाँमा, विश्वबजारमै घट्यो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० […]

राहतका लागि नामावली संकलन गर्ने क्रममा दुई पक्षबीच कुटाकुट

वीरगञ्ज । देशभर घोषणा गरिएको लकडाउनका कारण समस्यामा परेका कारण विपन्न परिवारलाई राहत वितरण गर्नको लागि नामावली संकलन गर्दा बुधबार वीरगञ्जमा दुई पक्षबीच कुटाकुट भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित बरेवा टोलमा राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले जानकारी दिए। दुई पक्षबीच भएको कुटाकुटमा […]

अर्बौको घोटाला सार्वजनिक भएपछि ओम्नी समूहसँगको आधा सम्झौता रद्द

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ। उसले ५ कराेड रुपैयाँ रुपैयाँ धराैटी पनि जफत गरेकाे छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो जानकारी दिएका हुन्। सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको […]

फेरि घट्यो एसियाली बजारमा इन्धनको मूल्य

काठमाडाैं, १९ चैत । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ। कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ। गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही […]

दिल्लीको धार्मिक कार्यक्रममा अधिकांश रौतहटका, धर्मसभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमा

काठमाडौं, १९ चैत । भारतकाे राजधानी नयाँ दिल्लीकाे एक धार्मिक कार्यक्रममा सहभागी भएका २० जना नेपाली मध्ये अधिकांश नेपालकाे राैतहटका रहेकाे खुलेकाे छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली रहेकाे बुझिएकाे छ । उनीहरु नयाँ दिल्लीकाे निजामुद्दीनस्थित मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा मरकजमा […]

चीनमा भन्दा अमेरिकामा धेरै मानिसको कोरोनाबाट मृत्यु

काठमाडौं, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]

दिल्लीको एक धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ जना नेपाली पनि भेटिए

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना […]

ऋण लिने–दिने दुवैका लागि राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे यस्तो राहत

nepal-rastra-bank

काठमाडौं, १८ चैत । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्र प्रभावित हुने देखिएकाले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई १९ बुँदे निर्देशन जारी गरेको छ । वित्तीय क्षेत्रमा तरलता बढाउन अनिवार्य नगद मौज्दात घटाउने, पुनर्कर्जा सीमा ५० अर्बबाट ६० […]