धरहरामा निःशुल्क पार्किङ सुरु

काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो।

काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो।

महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो।

अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ।

Loading...