काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो ।

महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।

आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ ।

Loading...