बालसाहित्यकार विमला निरौलाको ‘यात्रामा देश’ कृति सार्वजनिक

मिति २०८० माघ १२ शुक्रबार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ ।

साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर तथा नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि अनेसास बिओटीका पूर्व सल्लाहकार तथा त्रिवि नेपाली विभाग प्रमुख प्रा.डा. खगेन्द्र लुइटेलको उपस्थिति थियो भने विशेष अतिथिहरुमा साहित्यकार खेमनाथ दाहाल, अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्रका उपाध्यक्ष डा. रेणुका सोलु, फणिन्द्र निरौला, अनेसास नेपाल च्याप्टरका सल्लाहकार तथा गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक थिए ।

त्यसैगरी विशेष वक्ताको रुपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र डा. र बुनु दाहाल थिए भने अतिथिहरुमा अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल, मिलाप पब्लिकोशनका अध्यक्ष कृष्ण भुसाल, संचारकर्मी मोहराज शर्मा, लेखक तथा द्वन्द्व विश्लेषक केशव चौलागाई, स्रष्टा विमला निरौलाकी माता तथा सुरेश भट्ट आदि थिए ।

त्यस्तै अन्य अतिथिहरुमा आयोजक संस्था अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मन्जिला शर्मा, उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, सुमन वर्षा, शान्तिमाया गिरी पूर्व उपाध्यक्ष दीव्य गिरीलगायत लेखकहरु बिक्रम भक्त जोशी, राजरजक, पत्रकार साहित्यकार प्रकाश सुवेदी, साहित्यकार गंगा लिगल, रश्मि शर्मा, ललिता दोषी, अनेसास पोर्चुगल च्याप्टरका गोमा रेग्मी, बाल साहित्यकार कार्तिकेय घिमिरे, इश्वर थोकर, मनिला वन्त उर्मिला सुवेदीलगायत लेखक साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मञ्जिला शर्माबाट स्वागत मन्तव्य राखिएको थियो ।

प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथि, एवं विशेष अतिथि, विशेष वक्तालगायत मञ्चासीन अतिथिहरुबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।


कार्यक्रममा कृतिका विषयमा विशेष वक्ताको रुपमा रहेका प्रमोद प्रधान, बुनु दाहाल, कृतिका भूमिकाकार खेमनाथ दाहालले बोलेका थिए भने शुभकामना मन्तव्य दिनेहरुमा प्रा.डा. खगेन्द्र लुइटेल, सुरेश भट्ट डा. रेणुका सोलु आदिले यात्रामा देश बाल कविता संग्रहले प्रवासी बालबालिकालाई देशको भूगोल संस्कृति तथा नेपाली भाषा लेख्न बोल्नका लागि अत्यन्त उपयोगी हुने कुरा बताउँदै कृतिको महत्वबारे प्रकाश पारेका थिए ।

सोही क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको शुभकामना मन्तव्य उपाध्यक्ष डा. रेणुका सोलुले वाचन गरेर सुनाएका थिए भने बिओटी सभापति पदम विश्वकर्माको शुभकामना मन्तव्य बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले वाचन गरेर सुनाएका थिए ।

विशेष अतिथि सुरेश भट्टले कृतिबाट कविता वाचनसहित शुभकामना मन्तव्य राखेका थिए भने गोमा रेग्मीले छन्द कविता मार्फत शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि सुश्री भद्रा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गएिको थियो भने आयोजक संस्था नेपाल च्याप्टरले स्रष्टा विमला निरौलालाई स्रष्टासम्मान गरेको थियो ।

त्यसैगरी कृति प्रकाशन तथा कार्यक्रम सफल पार्न सहयोग पुर्याउनेहरुमा विशिष्ट अतिथि प्रा.डा. खगेन्द्र लुइटेल, भूमिकाकार खेमनाथ दाहाल, विशेष वक्ताहरु प्रमोद प्रधान, बुनु दाहाल, कृति सम्पादक रमेश दाहाल, कार्यक्रमका सहजकर्ता केशवराज आचार्यलगायतलाई मायाको चिनो प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो ।

त्यस्तै प्रमुख अतिथि भद्रा घलेबाट कृति तथा स्रष्टाको विषयमा चर्चा गरिएको थियो भने स्रष्टा विमला निरौललाबाट प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिलगायत उपस्थित अतिथिहरुलाई धन्यवाद दिनुका साथै पुस्तक तयार पार्ने क्रममा परोक्ष अपरोक्ष रुपमा साथ सहयोग गर्ने सबैमा आभारसहित धन्यवाद मन्तव्य व्यक्त भएको थियो ।


नेपाल बाल साहित्य समाजका महासचिव विजयराज आचार्यले संचालन गरेको उक्त कार्यक्रमलाई समापन गर्ने क्रममा कार्यक्रमका सभापति तथा नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले यात्रामा देश कृतिलाई बालकविता संग्रहमात्र नभनेर नियात्रात्मक बालकविता संग्रह भन्नुपर्ने कुरा प्रकाश पार्दै आफ्नो मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।


कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाकक्षमा भएको थियो ।

Loading...