YAV -Nepal द्वारा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयक् एक दिने कार्यशाला यही शनिवार सम्पन्न भएको छ

युवाका साथ साथ आवाज, नेपाल र कन्सोर्टिमय नेपाल, बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा भक्तपुरको सिटि गाउँ होटलमा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयक् एक दिने कार्यशाला यही शनिवार सम्पन्न भएको छ। कार्यक्रमलाई प्लान इन्टरनेसनल, युवालय, बियोण्ड बेइजिङ कमिटी, गुडह्वुएव फाउन्डेशन, जेसिवाइसिएन, नेसनल कोलिएसन फर गर्ल्स राइट्सको सहयोग तथा ऐक्यवद्धता रहेको थियो। 

यस कार्यक्रममा ४० जना सहभागीहरूको उपस्थिति रहेको थियो भने ३ वटा विषयगत सत्र रहेको थियो। श्रोत व्यक्तिका रूपमा प्लान इन्टरनेशनलबाट क्याम्पेन एड्मिनिस्ट्रेटर लक्ष्मी चौधरी,  बियोण्ड बेइजिङ कमिटीबाट सुष्मा श्रेष्ठ र वातावरणका क्षेत्रका अनुसन्धानकर्ता सुदिक्षा ढकाल उपस्थित रहनुभएको थियो। जलवायु परिवर्तनका कारणबाट किशोरी तथा महिलाहरूलाई के कसरी प्रभाव पारिरहेको छ र यसका लागि के-कसरी आवाज उठाउने र अभियानलाई अघि बढाउने भन्ने विषयमा स्रोत व्यक्तिले प्रकाश पार्नुभयो। 

कार्यक्रममा सहभागीहरू विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीहरू उपस्थित रहनुभएको थियो। उहाँहरूले आफूले सिकेका कुरालाई आफ्नो स्थानीय समुदायमा सिकाउने र बहसलाई स्थानीयकरण गर्ने प्रतिवद्धता पनि जनाउनुभयो। कार्यक्रमको समापनमा युवालयका अध्यक्ष धर्मराज रिमालले युवाहरूले देशका विभिन्न विषयमा आफ्नो पस्ताको स्वार्थलाई अघि सारिकन सकारात्मक बहस छेड्न सुझाउनुभयो भने प्लान इन्टरनेशनलबाट आउनुभएका लक्ष्मी चौधरीले आफ्नो संस्थाले युवाका आवाजलाई बुलन्द गर्न सधैँ साथ, सहयोग र हौसला दिने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रमको समापन गर्दै युवाका साथ साथ आवाज नेपालका अध्यक्ष एवं कन्सोर्टियम बागमती प्रदेशका संयोजक सुजन अधिकारीले उपस्थित सहभागी तथा श्रोत व्यक्ति, अतिथिलाई धन्यवाद व्यक्त गर्नुहुँदै युवाका साथ साथ आवाज नेपालले वातावरण संरक्षण, जलवायु न्यायका क्षेत्रमा गरेको कार्यको संक्षिप्त झलक उल्लेख गर्नुभयो भने आउने महिनामा प्राकृतिक प्रकोपका कारणले बिस्पापतहरूको मानव अधिकारको विषयमा बहस छेड्नका लागि कार्यक्रमहरू आयोजना गरिनेसमेत उल्लेख गर्नुभयो। अधिकारी पन्ध्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाका सहसंयोजकसमेत हुनुहुन्छ।

 

Loading...