कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रेम छोटाले पाउने भएका छन् । नेपाली लोकसाहित्य लोक कला, संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट पुरस्कृत हुने पहिलो विद्वान् सत्यमोहन जोशी थिए भने क्रमशः कृष्ण कँडेल, तुलसी दिवस, चूणामणि बन्धू, कुमार बस्नेत […]
मुख्य समाचार
शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सिग्देललाई पितृशोक
शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाई पितृशोक परेको छ । उनका पिता सीताराम सिग्देलको ७८ बर्षको उमेरमा निधन भएको हो । सीताराम श्वासप्रश्वास सम्बन्धी रोगले ग्रसित थिए । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न करिब १ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई आजै […]
देशको आधा सम्पत्ति दलालको कब्जामा गयो, अब माओवादी मिल्नुको बिकल्प छैन : बिप्लव
रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले देशको आधा सम्पत्ति १० प्रतिसत दलालको कब्जामा गएको बताएका छन् । देश सामन्तहरुको हातबाट दलालहरुको हातमा पुगेको विश्लेषण गर्दै महासचिव बिप्लवले सोकुरा बताएका हुन् । रोल्पाको परिवर्तन गाउँपालिकास्थित जनस्तरबाट संचालित रोल्पा नमूना क्याम्पसको उद्घाटन गर्दै महासचिव बिप्लवले अब माओबादीहरु मिल्नुको बिकल्प नभएको पनि खुलासा गरे । […]
शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दा समेट्ने सांसदहरूको प्रतिवद्धता
काठमाडौं । सांसदहरूले विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दाहरू समेट्ने प्रतिवद्धता जनाएका छन् ।संसदीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको सो विधेयकमा प्रारम्भिक बाल शिक्षामा विद्यमान समस्याहरु समाधान गरिने सांसदहरुले प्रतिवद्धता प्रकट गरेका हुन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको ‘शिक्षा विधेयक र प्रारम्भिक बाल शिक्षा’ विषयक अन्तरक्रियामा संसदीय शिक्षा समितिका […]
क्षयराेग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व
नेपाल क्षयराेग निवारण संस्था भक्तपुरले नयाँ नेतृत्व निर्वाचित गरेको छ । १२ ओैं अधिवेशनबाट समाजसेवी हिरण्यप्रताप सांगामीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । विगत ४० वर्षसम्म सोही संस्थामा कर्मचारीकाे रूपमा सेवा गरेका सांगामीकाे ४ वर्षदेखि कार्यसमितिमा समेत रहेर क्रियाशील थिए । कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, कोषाध्यक्षमा कृष्णदास कायस्थ र […]
भक्तपुरबाट तीर्थयात्री बोकेको बस पृथ्वी राजमार्गमा पल्टिँयो, एकको निधन
भक्तपुर । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बा ३ ख ८९२३ नम्बरको बस गएराती १० बजे धादिङको थाक्रे गाउँपालिका- ७ नौबिसेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस […]
बेलायती अधिराजकुमारी भक्तपुरमा
भक्तपुर । बेलायती राजकुमार एडवार्डकी श्रीमती अधिराजकुमारी सोफिया बुधबार बिहान भक्तपुर आइपुगेकी छन्। नेपाल भ्रमणमा रहेका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया फरक-फरक कार्यक्रम अन्तर्गत नेपाल आएका हुन्। सोफिया विशेष रूपमा भक्तपुर अस्पताल अवलोकन गर्न आइपुग्नु भएको हो। भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, सोफियाले अस्पतालको प्रशुती विभाग अवलोकन गरेकी छन्। […]
प्रचण्डको सचिवालय प्रमुखमा आचार्य
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय प्रमुखमा गोविन्द आचार्यले जिम्मेवारी पाएका छन् । पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । आचार्य पार्टीको केन्द्रीय सदस्यका साथै प्रचार बिभागका सचिव हुन् । प्रेस सेन्टर नेपालका सस्थापक नेता रहेका आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष पनि […]
प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेशमा नयाँ नेतृत्व
प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् । सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु […]
क्यासिनो माजोङ्ग नेपाललाई फेरिपनि उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड
काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले फेरिपनि अवार्ड पाएको छ । भारतको मुम्बईस्थित MELUHA ‘THE FERN’ होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक सर्वोत्कृष्ट ठहरिँए क्यासिनो मोजाङ्गले अवार्ड पाएको हो । आयोजकले ‘Outstanding Contributor to Tourism Development in Nepal’अवार्डबाट क्यासिनो मोजाङ्ग सम्मानित भएको जनाएको छ । नेपालको पर्यटन विकासमा […]











