थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे

काठमाडौं । शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र […]

संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

काठमाण्डौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो […]

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र […]

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए। अधिकारीकाअनुसार झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी […]

नक्कली पत्रकार बनेर चोरी गर्ने ब्यक्ति पक्राउ

काठमाडाैँ, ७ जेठ । लकडाउनको मौका छोपेर रात तथा दिनको समयमा नक्कली प्रेस कार्ड झुन्ड्याएर चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीकाे महानगरीय अपराध महाशाखाले टोलीले पक्राउ गरेको छ । अपराध महाशाखा र महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निगरानी गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेकाे हाे । उनीहरुले […]

थप २५ जनामा कोरोना संक्रमण पृष्टि, संक्रमित ४२७ पुगे

काठमाडौं । नेपालमा आज (बुधबार) थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४२७ पुगेको छ । आज (बुधबार) बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । बाँकेमा ६ […]

सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी हुन् । नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय […]

कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छैन– क्रिमसन अस्पताल

क्षमायाचनासहित भूल सुधार कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालको विश्वस्त स्रोतले बताएका आधारमा हामीले समाचार प्रकाशित गरेका थियौं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट […]

वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ । विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।  नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट […]

हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसियसनलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं । हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत डाक्टरकालागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ । हिमानी कोष र एनएमएले आपसि सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी […]