प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् ।
सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु निर्वाचित भएका बताइएको छ । त्यसैगरी कोषाध्यक्ष मैयाँदेवी लामा
र सह कोषाध्यक्षमा मनोहर श्रेष्ठ रहेका छन् ।
पदाधिकारी सहित सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको नवनिर्वाचित उपाध्यक्ष केदार दुलालले जानकारी दिए ।
सम्मेलनको उद्घाटन नेकपा(माओवादी केन्द्र)का केन्द्रीय महासचिव देवप्रसाद गुरुङले गरेका थिए । उनले प्रगतिशील जनस्वास्थ्यकर्मीले सेवालाई प्रमुख महत्व दिनुपर्नेमा जोड दिए । जनतालाई नि:शुल्क स्वास्थ सेवाको पहुँचमा पुर्याउन तीनै तहका सरकारलाई उत्तरदायी बनाउन पनि भूमिका खेल्न उनले निर्देशन दिए ।
सो अवसरमा महासचिव गुरुङले नेपाल समाजवादी पार्टीका सचिवालय सदस्य एवं स्वास्थ्य बिभाग प्रमुख अजय राईलाई स्वागत गर्दै पार्टी प्रवेश समेत गराएका थिए ।