बलात्कार आरोपमा बालगृहकै प्रमुख अधिकृत पक्राउ

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकास्थित एक बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत मधुसुदन राउतलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी परेपछि प्रहरीले राउतलाई काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालगृहमा हाल १५ जना बालिकाहरू बस्दै आएका छन्। पीडित विगत चार वर्षदेखि बालगृहमा बस्दै आएकी थिइन् ।