काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले फेरिपनि अवार्ड पाएको छ । भारतको मुम्बईस्थित MELUHA ‘THE FERN’ होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक सर्वोत्कृष्ट ठहरिँए क्यासिनो मोजाङ्गले अवार्ड पाएको हो ।
आयोजकले ‘Outstanding Contributor to Tourism Development in Nepal’अवार्डबाट क्यासिनो मोजाङ्ग सम्मानित भएको जनाएको छ । नेपालको पर्यटन विकासमा उत्कृष्ट योगदान गरेवापत क्यासिनो माजोङ्ग नेपालका अध्यक्ष तथा प्रवन्ध निर्देशक बिनोद श्रेष्ठलाई सो अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको हो ।
समारोह Travel Agents Association of India (TAAI) का President तथा United Federation of Travel Agents Association (UFTAA) का ग्लोबल प्रेसिडेन्ट सुनिल कुमार, समारोह आयोजक SATTE का प्रवन्ध निर्देशक योगेश मुद्रा लगायतको प्रमुख आतिथ्यतामा अवार्ड बितरण कार्यक्रम सम्पन्न भएको थियो ।
समारोहमा भारत मध्य प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका प्रिन्सिपल सेक्रेटरी तथा मध्यप्रदेश पर्यटन बोर्डका प्रवन्ध निर्देशक शिव शेखर शुक्ला (IAS), Sofitel Mumbai BKC का महाप्रवन्धक भगवान वलानी, क्यासिनो माजोङ्ग नेपाल काठमाण्डौ र नेपालगञ्जका प्रवन्ध निर्देशक बिनोद श्रेष्ठ, क्यासिनो माजोङ्ग काठमाण्डौका महाप्रबन्धक अमूल्य राणा, Passionals का Co-founder, India Golf Tourism Association का President तथा EC-TAAI का सदस्य राजन शिङघाई लगायतका विशेष आतिथ्यतामा अवार्ड बितरण क्रार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा Hospitality India Coffee Table Book विमोचन गरिएको थियो । पुस्तकले भारत तथा बिश्वका हस्पिटालिटी क्षेत्रलाई जोड्ने प्रकाशकको जिकिर छ ।
क्यासिनो माजोङ्ग नेपालका अध्यक्ष तथा प्रवन्ध निर्देशक विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन ब्यवसायमा आबध्द छन् । क्यासिनो, होटेल तथा रिजोर्टस्, ट्राभल एन्ड टुरिजम लगायतका ब्यवसायमा उनको लगानी रहेको छ। उनको नेतृत्वमा रहेको क्यासिनो माजोङ्गले नेपालमा बिदेशी पर्यटक बढाउन उल्लेखनीय भूमिका खेलिरहेको बताइन्छ ।