नक्कली पत्रकार बनेर चोरी गर्ने ब्यक्ति पक्राउ

काठमाडाैँ, ७ जेठ । लकडाउनको मौका छोपेर रात तथा दिनको समयमा नक्कली प्रेस कार्ड झुन्ड्याएर चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीकाे महानगरीय अपराध महाशाखाले टोलीले पक्राउ गरेको छ । अपराध महाशाखा र महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निगरानी गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेकाे हाे । उनीहरुले […]

थप २५ जनामा कोरोना संक्रमण पृष्टि, संक्रमित ४२७ पुगे

काठमाडौं । नेपालमा आज (बुधबार) थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४२७ पुगेको छ । आज (बुधबार) बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । बाँकेमा ६ […]

सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी हुन् । नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय […]

कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छैन– क्रिमसन अस्पताल

क्षमायाचनासहित भूल सुधार कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालको विश्वस्त स्रोतले बताएका आधारमा हामीले समाचार प्रकाशित गरेका थियौं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट […]

वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ । विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।  नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट […]

हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसियसनलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं । हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत डाक्टरकालागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ । हिमानी कोष र एनएमएले आपसि सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी […]

शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम

चितवन । नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए । सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा […]

परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गरौं– प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ । नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचनाप्रविधियुक्त सिकाइ तालिमको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः […]

उपत्यकामा ५ जनासहित २७ संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं । उपत्यकामा ५ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यका सहित थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । डा देवकोटाका अनुसार नयाँ संक्रमित २४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनका अनुसार गत […]

कोरोना, बिस्तारवाद भर्सेस नेपाल

यो मितिसम्ममा पचासौं लाखमा संक्रमण र झन्डै सवा तीन लाख मानिसको ज्यान लिईसकेको कोरोनाको कहरले सम्पूर्ण मानव जातिको अस्तित्व के होला भन्ने त्राहिमाममा सारा बिश्व लकडाउनमा बन्धक बनेको छ । शुरुवाती क्रममा चीनको वुहान शहरमा देखा परेको यो भाइरसलाई अमेरिकी राष्ट्रपतिले ‘चीनियाँ भाइरस’को संज्ञा दिंदै आइरहेका छन् भने चीनियाँ मिडियाले पनि भाइरसको जन्मदाता अमेरिका स्वयं […]