राधिका शाक्यको करुणा सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । उनको आत्मकथा समेटिएको पुस्तक करुणा शनिबार सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओली र शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसर पारेर राष्ट्रिय सभागृहको हलमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक आत्मकथामा शाक्यले प्रधानमन्त्री ओलीसँगको सहयात्रा र राजनीतिक जीवनका अनुभवहरू समेत समेटेकी छन् ।

पुस्तक गरीब दुखीहरूका विषयमा केन्द्रीय रहेको शाक्यले बताइन् ।बाल्यकालदेखि बिहेसम्मका विषय पनि पुस्तकमा समेटिएका उनले बताएकी छन् ।